हेटौँडा,१२ चैत्र ।
हेटौँडा उपमहानगरपालिका वडा नंबर १२ का वडा अध्यक्ष दिपक खड्काले हेटौँडा उपमहानगरपालिकाको प्रत्येक वडाहरुमा ब्याडमिन्टन कोर्टको लागि पहल गर्ने बताएका छन् ।

मकवानपुर ब्याडमिन्टन संघको आयोजनामा हेटौँडामा भएको राष्ट्रिय ब्याडमिन्टन प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै वडा अध्यक्ष खड्काले स्वास्थ्यको लागि खेलकुद महत्वपूर्ण विषय भएको भन्दै ब्याडमिन्टन खेलको विकासको लागि आफुले पहल गर्ने बताए ।
हेटौँडा उपमहानगरपालिकाले खेलकुदलाई महत्व दिने गरेको भन्दै उनले आगामी दिनहरुमा ब्याडमिन्टनलाई थप ब्यवस्थीत बनाउन आफुहरु सक्रिय हुने उनको भनाई रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।