तस्वीर गुगल

चैत १२- चीनले ३० हजारवटा त्यस्ता नक्सा नष्ट गरेको छ, जहाँ अरुणाञ्चल र ताइबान चीनको परिधिभन्दा बाहिर देखिन्थे ।हालै यहाँको भन्सार विभागले विवादित क्षेत्र अरुणाञ्चल र ताइबानलाई पनि चीनकै भूमि जनाउने उद्देश्यबाट यस्तो काम गरेको भारतीय मिडियाले जनाएका छन् । अब चीनसँग रहेका बाँकी नक्सामा अरुणाञ्चल र ताइबान भारतको क्षेत्र वा छिमेकी मुलुक भन्ने कुरा उल्लेखित नरहने पनि मिडिया बताउँछन् ।

विश्व मानचित्रकै छपाइ गर्ने चीनको यस्तो गतिविधिलाई भारतसँग सीमा विवादको अर्को रुपको रुपमा व्याख्या गरिएको छ । चीनको सरकारी अखबार ग्लोबल टाइम्सको हवाला दिँदै भारतीय मिडियाले ती सबै नक्सा कुनै अज्ञात देशमा पठाइनेवाला भएको पनि जनाएका छन् ।

जब कि, अरुणाञ्चलमा भारतीय नेता पुगेको बेला चीनले विरोध गर्दैआएको छ । केही वर्षअघि दलाई लामा पनि अरुणाञ्चल पुग्दा चीनले आपत्ति जनाएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं अरुणाञ्चल पुग्दा चीनले विज्ञप्ति नै निकालेर त्यसको विरोध गरेको थियो । यसपटक भने चीनले आफूले नष्ट गरेका नक्सामा अरुणाञ्चल र चीनकै छिमेकी मुलुक ताइबानलाई अलग देशको मान्यता नदिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।