file photo

चैत १२ –नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सांसद गगन थापा अमेरिका जानु भएको छ । नेता थापा अध्ययनका लागि भन्दै अमेरिका जानु भएको हो । अमेरिकास्थित हार्वड विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिनुभएका थापाको आवेदन विश्वविद्यालयले स्वीकृत गरेपछि उहाँ अमेरिका जानुभएको हो ।

२ साताका लागि अमेरिका प्रस्थान गर्नुभएको थापालाई विश्वविद्यालयले अघिल्लो वर्षका लागि नै छात्रवृत्ति प्रदान गरेको थियो । सांसद थापा चैत ३० गते स्वदेश फर्कनुहुनेछ ।
-न्युज२४बाट 

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।