हेटौंडा चैत ११ । मकवानपुर प्रहरीले राक्सिराङ गाउँपालिकाबाट तयार नभएको गाँजा बरामद गरेको छ ।

आईतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवनकुमार झा नेतृत्वको जिल्ला र ३ नंबर प्रदेश प्रहरी कार्यालयको टोलीले राक्सिराङ गाउँपालिका वडा नम्बर १ कुपिनटारबाट १ सय ६० किलो तयार नभएको गाँजा बरामद गरेको हो ।

कुपिनटारका कान्छालाल स्यांतानको घरको चोटामा डाँठसहितको गाँजा बरामद गरेको हो । घर धनी स्यांतान फरार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।