निको स्कोल्जले अन्तिम मिनेटमा निर्णायक गोल गरेपछि युरोकप छनोटमा नेदरल्यान्ड्सविरुद्ध जर्मनीले रोमाञ्चक जित हात पारेको छ। आम्स्र्टडममा आइतबार राति भएको खेलमा समूह सी को खेलमा निकोको निर्णायक समयको गोलसँगै जर्मनीले नेदरल्यान्डस्लाई ३-२ गोलअन्तरले पराजित गरेको हो।

खेलको १५औं मिनेटमा लोरोए साने र ३४औं मिनेटमा सर्जि ग्रानब्रीको गोलसँगै जर्मनीले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो। तर, ४८औं मिनेटमा मिथ्थिजिस डी लिट र ६३औं मिनेटमा मान्फिज डिपेले बराबरी गोल फर्काउँदै नेदरल्याण्ड्सलाई खेलमा फर्काएका थिए।

बराबरीतर्फ उन्मुख खेलको नतिजालाई निकोले अन्तिम मिनेटमा जर्मनीको पक्षमा पारेका हुन्।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।