इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ ।गएराती सम्पन्न खेलमा मुम्बई इण्डियन्सलाई ३७ रनले पराजित गर्दै दिल्ली यस सिजनमा जितसँग सुरुवात गरेको हो । दिल्लीले दिएको २१४ रनको लक्ष्य पछाएको मुम्बई १९.२ ओभरमा १७६ रन बनाउदा अलआउट भएको थियो ।

मुम्बईका लागि युवराज सिंहले सर्वाधिक ५३ रन बनाएका थिए । त्यस्तै कृनल पाण्डेयले ३२, क्वान्टेक डी ककले २७, केरन पोलार्डले २१ रन बनाएका थिए । दिल्लीका बलर इशान्त शर्मा र कगिसा राबडाले २-२ विकेट लिए भने ट्रेन बोल्ट, राहुल टेवाटिया, कीमा पाउल र अक्सर पटेलले एक एक विकेट लिए ।

यस अघि दिल्ली क्यापिटल्सले टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाउदै २१३ रन बनाएको थियो ।दिल्लीका लागि रिषव पन्तले विस्फोटक ब्याटिंग गर्दै सर्वाधिक ७८ रन बनाएका थिए । रिषवले २७ बलमा ७ छक्का र ७ चौकासहित ७८ रन बनाएका हुन् । दिल्लीका लागि कोलिन इन्ग्रामले ४७ रन बनाएका थिए । त्यस्तै शिखर धवनले ४३, श्रेयस ऐरले १६, पृथवी शाले ७, अक्सर पटेलले ४, कीमा पाउल ३ रन बनाएर आउट भएका थिए ।

मुम्बईका बलर मिचेल म्याक्लेघनले ३ विकेट लिए भने जसप्रित बुमराह, हार्दिक पाण्डेय र बेन कटिंगले एक एक विकेट लिएका थिए ।यस खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले दिल्लीबाट खेल्ने मौका पाएका थिएनन् । दिल्लीले अब अर्को खेल मंगलबार चेन्नई सुपरकिंग्सविरुद्ध खेल्ने छ ।
आइपिएल अन्तर्गत आजको खेल राजस्थान रोयल्स र किंग्स इलेभेन पंजावबीच हुने छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।