इण्डियन प्रिमियर लिग अन्तर्गत कोलकोता नाइटराइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ ।आईतबार भएको पहिलो खेलमा सनराइजर्स हैदरावादले दिएको १८२ रनको लक्ष्य पछाएको कोलकोता नाइटराइडर्सले १९.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको छ ।

कोलकोताको जितमा नितिश रानाले सर्वाधिक ६८ रन बनाएका थिए । त्यस्तै आन्द्रे रसेलले तुफानी ४९ रन बनाएका थिए । रसेलले १९ बलमा ४ चौका र ४ छक्कासहित ४९ रन बनाएका थिए । त्यस्तै रोबिन उथप्पाले ३५ र शुभम गिलले १८ रन बनाएका थिए । त्यस्तै क्रिस लिअनले ७ तथा दिनेश कार्तिकले २ रन बनाएका थिए ।

सनराइजर्सका बलर शकिब अल हसन, रशिद खान, सन्दीप शर्मा र सिद्धार्थ कौलले एक एक विकेट लिए ।  यस अघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ३ विकेट गुमाउदै १८१ रन बनाएको थियो ।

सनराइजर्सको इनिंगमा अस्ट्रेलियाका डेभिड वार्नरले तुफानी ८५ रन बनाएका थिए । वार्नरले ५३ बलमा ९ चौका र ३ छक्काको मद्धतले ८५ रन बनाएर आउट भएका थिए । सनराइजर्सका लागि जोनी बैरस्ट्रले ३९, विजय शंकरले अविजित ४० रन बनाएका थिए । त्यस्तै युसुफ पठान एक रन बनाएर आउट भए भने मनिष पाण्डेले अविजित ८ रन बनाए ।

कोलकोताका बलर आन्द्रे रसेलले २ विकेट लिए भने पियुस चावलाले एक विकेट लिएका थिए । सनराइजर्सका नियमित कप्तान केन विलियम्सन अनफिट भएपछि यस खेलमा सनराइजर्सको कप्तानी भुवनेश्वर कुमारले गरेका छन् ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।