हेटौंडा ८ चैत, हेटौंडा उपमहानगरपालिकाको वडा नंबर १५ चुरीयामाई नजिकै रहेको पुलमा बिहिबार बेलुकी  स्कुटी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

ना ५२ प ९४३८ नम्बरको स्कुटी दुर्घटना हुँदा स्कुटीको पछाडी सवार हेटौंडा क्याम्पसमा कक्षा १२ मा अध्ययरत छात्रा बागमति गाउँपालिका–५ की १७ वर्षीया लक्ष्मी केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

स्कुटी चालक हेटौंडा ७ का २० वर्षीय भुषण चौलागाई भने गम्भिर घाईते भएको प्रहरीले कार्यलयले जनाएको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।