file photo

फागुन ३०, हेटौँडा । हेटौंडा ७ नागस्वतिमा कुखुरा पालक किसान कुल प्रसाद चौलागाईको खोरमा मरेका ६ हजार कुखुरामा बर्ड फ्लुका जीवाणु फेला परेको पुष्टि भएको छ । हेटौँडामा बर्ड फ्लुका जीवाणु फेला, निषेधित क्षेत्रबाट निकासी पैठारी रोक्न प्रहरी परिचालन भएको छ ।

भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र मकवानपुरले चौलागाईको खोरबाट काठमाडौँस्थित ल्याबमा पठाएको कुखुरामा बर्ड फ्लुका जीवाणु भेटीएको हो । ल्याबले रिपोर्ट उपलब्ध गराएसंगै मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बिहीबार आकस्मिक बैठक बोलाई चौलागाईको खोरवरीपरी ३ कीलोमिटर क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गरिएको छ ।

चौलागाईको खोरलाई केन्द्रबिन्दु मानेर त्यस वरीपरी ३ किलोमिटर क्षेत्रमा कुखुरा, अण्डा र शुली समेत ओसारपसारमा रोक लगार्ईएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो । पशुसेवा विभागबाट आएका बिज्ञ टोलीको उपस्थितीमा यस क्षेत्रका कुखुरा नष्ट गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । निशेधित क्षेत्रबाट निकासी पैठारी रोक्न प्रहरी समेत परिचालन गरिएको छ ।


यसबारे खबरब्रेकले कुखुरा ब्यवसायी संघ मकवानपुरका अध्यक्ष राजु अधिकारीसँग धारणा माग गर्दा ७२ घण्टाभित्र आउनुपर्ने रिर्पोट एक महिनाको अवधिमा आउनु आपत्तीको विषय रहेको बताए ।

वर्डफ्लु भएको पुष्टि भैसकेको कारण राज्यले पीडित किसानलाई क्षतिपूर्ति दिनुपर्ने समेत उनले बताए । उक्त क्षेत्रमा करिब ३० हजारको हारहारीमा कुखुरा मरिसकेको र राज्यले भनेको सबै क्षेत्रमा यदि कुखुरा नष्ट गर्ने हो भने करिब २ लाख कुखुराको नष्ट गर्नुपर्ने देखिएको उनले बताए ।
सुरुमा रानिखेत भन्ने रिर्पोट आउने फेरि डेढ महिनाको अन्तरालमा बर्ड फ्लुको रिर्पोट आउनु शंकाको विषय भएको अधिकारीको भनाई छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।