file photo

फागुन ३०, हेटौँडा । हेटौंडा ७ नागस्वतिमा कुखुरा पालक किसान कुल प्रसाद चौलागाईको खोरमा मरेका ६ हजार कुखुरामा बर्ड फ्लुका जीवाणु फेला परेको पुष्टि भएपछि मकवानपुर कुखुरा ब्यवसायी संघका अध्यक्ष राजु अधिकारीले खबरब्रेकसँग कुरा गरेका छन् ।
खबरब्रेकसँगको टेलिफोन संवादमा उनले बर्डफ्लुको पुष्टि यति ढिला हुनु आपत्तिको विषय भएको बताए ।

कुखुरा मरेको ७२ घण्टामा हुनुपर्ने पुष्टि करिब एक महिनाको अन्तरालमा भएको भन्दै उनले शंका समेत ब्यक्त गरेका छन् । उनले भने ः सुरुमा रानिखेत भनियो तर अहिले आएर बर्डफ्लु भएको भन्ने रिर्पोट आएको छ अब तपाई आफै भन्नुस यो कस्तो खालको जाँच हो ।
जिल्ला प्रशासनले लगाएको चार किल्ला क्षेत्रमा करिब ३० हजार भन्दा माथि कुखुरा मरेको भएपनि हाल उक्त क्षेत्रमा त्यस्तो नरहेको भन्दै उनले बर्डफ्लुको रिर्पोट ढिला आउँदा किसालाई मार परेका बताए ।

बर्डफ्लु क्षेत्रको सबै कुखुरा नष्ट गर्ने हो भने करिब २ लाख कुखुरा नष्ट हुने संभावना रहेको भन्दै अधिकारीले उचित क्षतिपुर्तिको लागि राज्यसंग आग्रह समेत गरेका छन् । कुखुराको माध्यमबाट घर ब्यवहार धान्ने किसानहरु थप मारमा पर्ने हुँदा राज्य यो विषयमा गम्भिर हुनुपर्ने उनले बताए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।