तस्बिर:सुरेन्द्र राज थीक

हेटौँडा, फागुन ३०-नेपाल कम्युनिष्ट पार्टि (बिप्लब)ले आफ्ना मागहरु राखि आब्हान गरेको बन्दको भीमफेदी गाउंपालीकामा पनि समान्य प्रभाब परेको छ ।भीमफेदी गाउंपालीकाका सम्पुर्ण शिक्षण संस्था बन्द रहेको तथा बिद्यालयमा सञ्चालन भइ रहेको परीक्षा स्थगित गरेको छ बिद्यालय प्रशासनले आजको परीक्षालाई शनिबार लिने बताएको छ ।यसै गरी भीमफेदी रुट भइ चल्ने कुनै पनी स्थानिय यातायात सञ्चालनमा आएको छैन ।

हेटौडा भीमफेदी काठमाण्डौ चल्ने साना तथा मझौला यातायात भने इलाका प्रहरी कायाृलयको सकृयतामा स्कर्टिग गरी सुचारु गरेको छ । भीमफेदी इलाका प्रहरी कार्यालयको सिमाक्षेत्र भैसे देखी फाखेल सम्म कुनै बाधा ब्यबधान नभई प्रहरी स्कर्टिग सहित यातायात आबत जाबत भइ रहेको छ ।

इलाका प्रहरी कार्यालयको जानकारी अनुसार भैसे बाट भीमफेदी एक टोली र भीमफेदी बाट कुलेखानी अर्कौ टोली तथा कुलेखानी बाट फाखेल अर्कौ एक टोली घुम्ती प्रहरी परीचालन गरी यातायात सञ्चालन गरेको र हाल सम्म पचास निजि तथा भाडाका यातायात लाइ सुचारु गरेको बताइएको छ ।भीमफेदी बजार तथा कार्यालय भने पुर्ण खुल्ला रहेको छ ।
सुरेन्द्र राज थीक

सुरेन्द्र राज थीके
सुरेन्द्र राज थीके
[email protected]
भीमफेदी, खबरब्रेक संवाददाता