फागुन ३ं०- च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफको १६ को दोस्रो लेगमा हिजो राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब लियोनलाई ५(१ले पराजित गरेको छ । घरेलु मैदानमा समग्रमा पनि ५(१को जितले बार्सिलोना क्वाटरफाइनल पुगेको हो ।

खेलको १७ औँ मिनेटमा लियोनल मेस्सीले सुरुवाती गोल गर्दै बार्सिलोनालाई अग्रता दिए । उनले बार्सिलोनाका लागि ७८ औँ मिनेटमा पेनाल्टीमार्फत अर्को गोल गरे । त्यस्तै बार्सिलोनाको जितमा फिलिप कोटिन्होले ३१ औँ मिनेटमा दोस्रो गोल गरे । पहिलो हाफ २ गोलमा सिमित रहेको बार्सिलोनाका लागि ३ गोल दोस्रो हाफमा गरेका थिए ।

दोस्रो हाफसुरु हुँदा ५८ औँ मिनेटमा लियोनका लुकास टौसर्टले १ गोल फर्काए पनि स्थीती अनुकुल हुन पुगेन । लियोन यमिमै सिमित रह्यो । उता मेस्सीको पेनाल्टी गोलपछि खेलको ८१ औँ मिनेटमा जेरर्ड पेय्वेले बार्सिलोनाका लागि चौँथो गोल गरे । ८६ औँ मिनेटमा उसमान डेम्बलेले पाचौँ गोल गर्दै बार्सिलोनालाई ५(१को जित दिलाएका हुन् ।

लिग अन्तर्गतकै अर्को खेलमा वार्यन म्युनिखलाई लिभरपुलले ३-(१ले हराएको छ । लिभरपुलको जितमा साडियो मानेले २४ मिनेट र ८६ औँ मिनेटमा गोल गरे भने भिर्गिल भान डिज्कले ६९ ओँ मिनेटमा दोस्रो गोल गरेका थिए । वार्यनका लागि जोएल माटिप ३९ औँ मिनेटमा १ गोल फर्काएका थिए ।
-एजेन्सी

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।