फागुन ३०- रौतहटको चन्द्रनिगाहपुर गौर सडक खण्डमा शंकास्पद वस्तु भेटिएको छ ।

रौतहटको वीरेन्द्र राजमार्ग अन्तर्गत चन्द्रपुर र बृन्दाबन नगरपालिकाको परडिया र हर्साहाको बिचमा बिप्लप समूहका कार्यकर्ताहरुले बम भनेर मान्छेलाई त्रसित बनाउने उदेश्यले कागजको डलो बनाई कुकर भित्र राखेको शंकास्पद बस्तु फेला परेका छन ।

नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले नेपाल बन्दको घोषणा गरेकोले आफनो बन्दलाई झन प्रभावकारी बनाउन उनका कार्यकर्ताहरुले राखिएको प्रहरीको अनुमान छ । सो बम भन्ने बस्तुबाट त्रसित स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर डिस्पोज समेत गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक भुपेन्द्र खत्रीले जानकारी दिनु भएको छ ।

 

रुपेन्द्र पटेल
रुपेन्द्र पटेल
[email protected]
रौतहट, खबरब्रेक संवाददाता