राष्ट्रिय सभा बैठक संघीय संसद भवन, नयाँबानेश्वरमा बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा मन्तव्य व्यक्त गर्दै सदस्य रामनारायण विडारी । तस्वीर ः रत्न ७नतसेष्ठ, रासस

फागुन ३०- राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभा ९पहिलो संशोधन० नियमावली २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले सो त्यससम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

यसअघि नियमावली संशोधनकर्ता सांसद डा विमला पौडेलले आफ्नो संशोधनको प्रस्ताव फिर्ता लिनुभएको थियो । नियमावलीमाथिको दफावार छलफलमा भाग लिँदै सांसद रामप्रीत पासवान र रामलखन चमारले संविधानको भावनानुसार समानुपातिक समावेशी प्रतिनिधित्वमा ध्यान दिन आग्रह गर्नुभयो । राष्ट्रियसभाको बैठक आज नै १५ मिनेटका लागि स्थगन भएको छ ।

-रासस

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।