हेटौँडा,३० फागुन- नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुको शिवराज मा भएको घटना र देशका बिभिन्न स्थानबाट आफनो पार्टीका नेता कार्यकर्ता पक्राउको बिरोधमा बिहीबार आब्हान गरेको नेपाल बन्दको बिहानदेखि नै प्रभाव परेको छ ।

सरकारले विप्लव नेतृत्वको नेकपाका गतिबिधि माथि रोक लगाउने निणर्य गरेकाले बन्दमा विप्लवका कार्यकर्ताहरु सडकमा देखिएका छैनन । तर सार्बजनिक यातायात तथा उद्योग व्यवसाय बन्द भएका छन् ।

बिहानी सत्रमा चल्ने शिक्षण संस्था चलेका छैनन । कालो रङ्गको संकास्पद बस्तु भेटिएपछि सर्वसाधारण जनता त्रसित भएका छन् ।त्यस्तै बन्दको प्रभाव हेटौँडामा पनि परेको छ । बन्दको कारण यहाका ब्यवसायहरु बन्द अवस्थामा छन भने लामा दुरीका यातायातहरु समेत सञ्चालनमा आएका छैनन् ।बन्दको कारण पुर्व पश्चिम राजमार्ग लगभग ठप्पको अवस्थामा रहेको छ भने हेटौँडामा रहेको बसपार्कमा यात्रुहरु अलपत्र परेका छन् । वन्दमा शान्तिसुरक्षा कायम गर्नको लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीको परिचालन गरिएको छ ।हालसम्म मकवानपुरमा बन्दकर्ताहरुले थाहानगरमा ट्रकमा आगजनी गरेका छन । त्यस्तै बस्तीपुरबाट हेटौँडा आउदै गरेको ट्रकमा ढुंगा प्रहार हुँदा चालक सामान्य घाईते भएका छन् ।

हेरौँ बन्दमा हेटौँडा :

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।