फागुन ३ं०-विश्वकै चर्चित सामाजिक संजाल फेसबुक र इन्स्टाग्राममा समस्या देखिएको छ । करिब ८ घण्टायता फेसबुक र इन्स्टाग्राममा विश्वका करोडौ प्रयोगकर्ताहरुमा समस्या देखिएको छ ।

धेरै प्रयोगकर्ताहरुको फेसबुक लोड नहुने समस्या आएको देखिएको छ । भने इन्स्टाग्राममा समेत त्यस्तै समस्या देखिएको छ ।

फेसबुक कम्पनीले भने फेसबुक ह्याक नभएको दाबी गर्दै आफुहरुले समस्या समाधान गर्न लागिरहेको बताएको छ । फेसबुकले यो ह्याक नभएर अन्य समस्या देखिएको र त्यसलाई समाधान गर्न आफु लागेको बताएको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।