फागुन ३०- बितेको शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अलावामा राज्यको भ्रमणमा थिए । भ्रमण पूर्वी अलावामामा हालै आएको चक्रवातले पारेको क्षतिको अवलोकनमा केन्द्रीत थियो । चक्रवातमा २३ नागरिकले ज्यानै गुमाए ।

तर भ्रमण अर्को एक कारणले पनि चर्चित रह्यो । चर्चा भ्रमणमा ट्रम्पसँगै रहेकी उनीकी श्रीमती मेलानियासँग जोडिएको छ ।क्षतिग्रस्त क्षेत्रको भ्रमणका तस्विरहरु सार्वजनिक भए लगतै समाजिक संजाल ट्वीटरमा एक अचम्मलाग्दो षड्यन्त्र सिद्धान्त९कन्स्पीरेसी थ्यौरी० फैलिन थाल्यो ।

कयैन ट्वीटर प्रयोगकर्ताहरुले ट्रम्पसँग देखिएकी मेलानिया वास्तविक नभएर डुब्लीकेट ९बडी डबल० रहेको उल्लेख गरे । अमेरिकी ट्वीटर प्रयोगकर्तामाझ ह्यासट्याक फेक मेलानिया भन्ने ट्रण्डनै चल्यो ।

यो अनौठो दावी गर्नेहरुले त्यो दिन ट्रम्पसँगै रहेकी महिलाको उचाई, कपाल, नाकदेखि अन्य हाउभाउ पनि मेलिनियाँभन्दा फरक रहेको दावी सहित ट्वीट गर्न थाले ।सार्वजनिक कार्यक्रममा मेलानियाले श्रीमानसँग आफ्नो डुब्लिकेट पठाएको हल्ला यस अघि पनि चलेको थियो ।

सन् २०१७ अक्टोबरमा चक्रवातबाट ठूलो क्षति भोगेको क्यारेवियन भूभाग प्युटोरिकोको भ्रमणमा ट्रम्पसँगै रहेकी बेला पनि उनीमाथि शंका गरिएको थियो ।अघिल्लो वर्ष अक्टोबरमा पनि यही सिद्धान्त पुन सतहमा आयो । त्यो बेला मेलानिया राष्ट्रपति ट्रम्पसँग ओहायो राज्यको कोलम्बसको भ्रमण थिइन् ।

बिहीबार ट्रम्पले आफ्नी श्रीमतीको वास्तविकतामाथि नै प्रश्न गर्ने सिद्धान्तप्रति रोष प्रकट गरेका छन् । ट्रम्पले उनीकी श्रीमतीको फोटोमा छेडखानी गरिएको आरोप लगाएका छन् ।

बुधबार ट्रम्पको मन पर्ने फक्स न्यूजको ‘फक्स एण्ड फ्रेण्ड्स’ टीभी कार्यक्रममा मेलानियाँको डुब्लीकेटबारे सामाजिक संजालमा आएका सिद्धान्तबारे प्रस्तुति दिएको थियो ।

यसपछि नै ट्रम्पले यस सिद्धान्तविरुद्ध मन्तव्य दिएका हुन् । ट्रम्पले फोटोलाई केही ‘फेक न्यूज९जाली समाचार०’ वालाहरुले बदलेको र यो कार्य समयसँगै थप खराब हुदैं गएको पनि बताए ।

ट्रम्पको लक्ष्य एबीसी च्यानलको ‘द भ्यू’ प्रति थियो । सो कार्यक्रममा अघिल्लो हप्ता यस सिद्धान्तबारे चर्चा गरिएको थियो ।‘द भ्यू’का प्रस्तोताले मेलानियाबारेको षडयन्त्र सिद्धान्तलाई बल पुग्ने गरि केही कुरा उल्लेख गरेका थिए । उनले मेलानिया सामान्यभन्दा होचो देखिएको बताएका थिए ।

खासमा अधिकांश समयमा सार्वजनिक स्थानमा मेलानिया अग्लो हिलमा देखिन्छिन् । आलावामामा चक्रवातले पारेको क्षतिको अवलोकन गर्न गएको दिन उनले स्पोर्ट जुत्ता लगाएकी थिइन् ।
-एजेन्सी

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।