हेटौँडा,३०, फागुन ।
नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष जयराम लामिछानेले आफुलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।

सिंहदरबारमा बसेको लेखा समिति बैठकमा उनले पैसाको माग गरेर आफुलाई फोनमा लगातार रुपमा ज्यान मार्ने धम्की आएको जानकारी दिए ।

उनले आफ्नो ज्यानको सुरक्षाका लागी बिभिन्न निकायलाई जानकारी गराइसकेको पनि बताए । तीन दिनदेखि नचिनेको नंवरबाट आएको फोन आफुले नउठाएको र उक्त व्यक्तिले घरमा फोन गरेर ठेक्काको तीन प्रतिशत रकम बुझाउका लागी चेतावनी दिएको गुनासो गरे ।

उनले नेपालको निर्माण व्यवसायीहरु चन्दा आतंकको मारमा पर्ने गरेको पनि बताए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।