हेटौँडा,२९, फागुन ।
नागरिक उड्ययन प्राधिकरणले हेलिकप्टरका पाईलटको लाईसेन्स निलम्बन गरेपछि यो विषयमा थप प्रष्ट भएको छ कि ति उडानहरु कति सुरक्षीत थिए ।

नेपाली आकाश असुरक्षित भन्दै ईयुले प्रतिवन्ध लगाउदँै आएको समयमा हेटाौडाको आकाशमा हेलिकप्टरको स्टण्डले सर्वसाधारणमाथि दुर्घटनाको त्रास थियो । हजाराँै अवलोकनकर्ताहरुको भिड लागिरहेको मेला स्थालको माथिबाटै स्टण्ड सहित जथाभावी हेलिकप्टर उडाईदा दुर्घटनाको जोखिम त थियो नै यदि दुर्घटना भएको भए सयाँैको मृत्यु हुनेथियो । नेपालमा हेलिकप्टर सेवा प्रदायक कम्पनी प्रभु सँगको सहकार्यमा आयोजकले मेलामा हेलिकप्टरबाट हेटाँैडा टुरको ब्यवस्था गरेको थियो ।

जथाभावी हेलिकप्टर उडाएको र स्टण्ड देखाएको जनगुनासोपछि अहिले नेपाल नागरिक उड्ययन प्राधिकरणले हेलिकप्टरका पाईलट रामेश डंगोलको लाईसेन्स तत्कालको लागि निलम्बन गरेको छ । थप अनुसन्धान भईरहको समेत प्राधिकरणले जनाएको छ । मेलामा हेलिकप्टरको प्रति फ्लाईटको मउवा संघले २ हजार रुपँैया प्राप्त गर्ने सम्झौता भएको थियो । हेलिकप्टरबाट आयोजकले २ लाख ५० हजार रुपँैया कमाएपनि त्यो कमाईमा ३७५ जना हेलिकप्टरमा सवारको ज्यान जोखिममा थियो । हेलिकप्टरले मेलाबाट करीब १५ लाख संकलन गरेको छ । मेलामा हेलिकप्टरले करीब १२५ फ्लाईट भरेको आयोजकले जनाएको छ ।

साझाकुरा दैनिकको सहयोगमा ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।