फागुन २९- भारतीय सेनामा भर्ती हुन पोखरामा युवाहरु परीक्षामा जुटेका छन् । पोखराको अञ्चल प्रहरी कार्यालय परिसरमा मंगलबारदेखि पाँच दिन भारतीय सेनाका लागि नेपाली युवा छनोट गरिन लागेको हो । कास्की र स्याङ्जाका युवा छनोट परीक्षामा सामेल छन् ।

भारतीय सेनामा भर्ती हुने रहरले पोखरामा २६ जिल्लाका युवा परीक्षाका लागि तयारीमा जुटेका हुन् । भर्ती प्रकृया सञ्चालन गर्न गोरखपुरबाट टोली आएका छन् । निर्धारित परीक्षा उत्र्तीण हुने सबैलाई भर्ती लिने भारतीय अधिकारीले बताएका छन् । यो प्रकृयाबाट वर्षेनी २५ सयदेखि तीन हजार युवा भारतीय सेनामा भर्ती हुने गरेको छ । यो समाचार अन्नपूर्णमा प्रकाशित छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।