photo : WEB

फागुन २९ –सामान्यतया बच्चाको छाला कोमल हुन्छ।उमेर वढ्दै जाँदा बिस्तारै छालामा रुखोपन र फिक्कामन आउन सुरु गर्छ।

अझ बुढेसकाल लाग्दै गएपछि त छाला चाउरी पर्छ। जीर्ण हुँदै जान्छ। यो एउटा प्राकृतिक प्रक्रिया हो। यो जानकारी आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

तर, कतिपय अबस्थामा उमेर नपुग्दै बुढ्यौली देखा पर्न थाल्छ। जसलाई चिकित्सकीय भाषामा एन्टी एजिङ समस्या भनिन्छ।आजसम्म मानिसमा एन्टी एजिज समस्या के कारणले हुन्छ भन्ने तथ्य पूर्णरुपमा पत्ता लागेको छैन।तर वंशानुगत गुण र वातावरणीय प्रभावलाई मुख्य कारण मानिएको छ।

दिनप्रतिदिन वढ्दै गएको धुलो, धुँवा, वाष्पीकरण, सोझो घामको किरण आदिजस्ता कारणले छालालाई असर गरिरहेको हुन्छ।उमेर वढ्दै गएपछि छाला पातलो हुँदै जान्छ। छाला र मांसपेशीबीचको बोसो कम हुन्छ।

यस्तो हुँदा अनुहार लगायत शरीरका अन्य अंगको छाला झोलिन थाल्छ र शिथिल हुन्छ।छालाको चमक कायम राख्नका निम्ति आन्तरिक परिवर्तन नै महत्वपूर्ण हुन्छ। तसर्थ, खानपान, जीवनशैली आदिमा विशेष ध्यान पुर्याउनुपर्छ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।