हेटौँडा,२८, फागुन ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंबर २ धरमपानीमा भएको जन्ती बस दुर्घटनाका घाईतेहरुले ओभर स्पिडको कारण बस पल्टिएको बताएका छन् ।

खबरब्रेकसँग कुरा गर्दै सोहि दुर्घटनामा घाईते भएका कुमार परियारले बस स्पिडमा रहेको र चालकले स्पिडमानै मोडन खोज्दा दुर्घटना भएको बताए । उनले भने :हाम्रो बस अरु बिहेको बस भन्दा पछाडी थियो । हामी रमाईलो गर्दै आउँदै थियौ, एक्कासी मोड आयो, बसलाई ड्राईभरले काटन खोज्दा बस दुई बल्ड्याङ् खाँदै सडकभन्दा २० मिटर तल रुखमा गएर अडकियो । एकजनालाई बसले किच्यो, अर्को एकजना विकास हमला(मृतक) चै जिउँदै थिए, उनलाई बचाउे प्रयास गर्दागर्दै सकिएन् ।

उता हेटौँडाको चुरेहिल अस्पतालमा उपचार गर्दै गरेका घाइते रविन्द्र न्यौपानेले पनि ओभर स्पिडको कारण दुर्घटना भएको बताए । खबरब्रेकलाई प्रतिक्रिया दिँदै उनले बस चाहिनेभन्दा धेरै कुदेको र आफुलाई बेलाबेलामा डर समेत लागेको बताए ।
दुर्घटनामा परि विकास धमला तथा नवराज परियारको घटनास्थलमानै ज्यान गएको छ भने २० जनाभन्दा धेरै घाईते भएको र दुईजनालाई भरतपुर रिफर गरिएको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।