हेटौँडा,२६ फागुन ।
चकलेटी अभिनेता आर्यन सिग्देल बैबाहिक जीवनमा बाँधिएको चार वर्षपछि पिता बन्दैछन् । नयाँ वर्ष २०७६ साल बैशाखमा आर्यन पत्नी सपना भण्डरी सिग्देलले पहिलो सन्तानलाई जन्म दिँदैछिन् । आइतबार सपनाले आफ्नो फेसबुकमा बेबी बम्प देखाउँदै श्रीमान् आर्यनसँगका रोमान्टिक तस्बिरहरु साझेदार गरेकी छन् । तस्बिरमा दुबैजना जना खुसी देखिएका छन् ।

आर्यन पहिलो सन्तानलाई स्वागत गर्न निकै उत्साहित रहेको तस्विर हेर्दा अनुमान लगाउन सकिन्छ । तस्बिरमा श्रीमती सपनाको ुबेबी बम्पु मा चुम्बन गरेकोदेखि बच्चाको कपडा हातमा खेलाउँदै उनी दंग देखिएका छन् । एक तश्बिरमा भने उनको हातमा फिल्मको क्ल्यापमा छ, जसमा लेखिएको छ ‘रिलिजिङ द न्यू इयर २०७६’ ।

हेर्नुस् १० वटा तस्वीरमा :

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।