फागुन २६- छक्कापन्जा ३ की नायिका दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराईले आउँदो बैशाखमा विवाह गर्ने भएका छन् । खवर अनुसार यी जोडिले आउँदो बैशाख २४ गते लगनगाँठो कस्ने भएका हुन् । फिल्म ‘ऐश्वर्य’बाट फिल्मी नगरीमा डेब्यू गरेकी नायिका दीपिका र निर्देशक दीवाकर भट्टराई बिच फिल्म ‘ऐश्वर्य’कै सेटमा भेट भएको थियो ।

फिल्मको छायांकनताका नै प्रेममा परेका उनीहरूले छायांकन सकिए लगत्तै गोप्य रुपमा कागजी विवाह गरेका थिए भने परम्परागत विवाह गर्नको लागि इन्गेजमेन्ट केहि समयअघि गरेका थिए । करिव ४ वर्ष देखिको प्रेम सम्बन्धलाई बैधता दिन नेपाली सामाजिक परम्परा अनुसार विाह गर्न लागिएको जनाएका छन् ।

डेब्यू फिल्म ‘ऐश्वर्य’बाट चर्चामा आएकी नायिका दीपिकाले दोस्रो फिल्म ‘छक्कापञ्जा ३’ गरिन् ।त्यसयता उनी अरु कुनै फिल्ममा देखिएकी छैनन् । त्यस्तै निर्देशक दीवाकर भट्टराई निर्देशित फिल्म ‘क्याप्टेन’ यतिबेला दोस्रो हप्तामा प्रदर्शनरत छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।