file

प्रतिनिधिसाको राज्यव्यवस्था तथा सुशासन समिति आमाको नामबाट नागरिकता लिन सहज बनाउन सहमति नजिक पुगेको छ।

नागरिकता विधेयकबारे अन्तिम प्रतिवेदन तयार गर्न लागेको समितिले आमाको नामबाट नगरिकता तीन खालको पाउन सकिने विषयमा सहमति जुटाएको हो। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

पहिलो– नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको व्यक्तिलाई वंशजका आधारमा। दोस्रो– बाबु विदेशी तर आमा नेपाली भएका सन्तानलाई अंगीकृत। र, तेस्रो– नेपाली आमा तर बाबुको पहिचान हुन नसकेकालाई वंशजको।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।