सरकारले यस वर्षको बजेटमा निर्धारित लक्ष्य, राजस्व संकलन, वैदेशिक ऋण र अनुदान परिचालनको लक्ष्य घटाएको छ।

साउनदेखि पुससम्मको लक्ष्य उल्लेख्य हुन नसकेको देखाउँदै अर्थमन्त्रालयले बजेटको मध्यावधि समीक्षामार्फत् मंगलबार लक्ष्यहरु घटाएको हो। यो खबर आजको कान्तिपुर दैनिकमा कृष्ण आचार्यले लेखेका छन्।

पुँजीगत खर्च १४.५ प्रतिशत, चालु खर्च ५.६, वित्तीय व्यवस्थापन खर्च १३ प्रतिशतले घटाइएको छ। यसले समग्र खर्च ८.८ प्रतिशत कम हुने अनुमान छ।

राजस्व संकलन लक्ष्यभन्दा ३ प्रतिशतले कम हुनेछ। मध्यावधि समीक्षा मार्फत् अन्य लक्ष्य मात्रै घटाउने परम्पराविपरित यस पटक राजस्व संकलनको लक्ष्यसमेत घटाइएको छ।वैदेशिक सहायता र ऋण क्रमशः ३२ र ३५.६ प्रतिशत कम हुने गरी लक्ष्य संशोधन गरिएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।