फागुन २२- शिवम् सिमेण्टको आईपीओ बाँडफाँट भएको छ । बुधवार विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा सबै आवेदकले शेयर पाएका छन् । ५ हजार २ सय २० कित्तासम्म शेयर माग गर्ने सबैलाई शेयर बाँडफाँट गरिएको हो । त्यसपछि १ लाख कित्तासम्म शेयर माग गर्नेहरुलाई ५ हजार ६ सय ४० कित्ता शेयर दिइएको छ ।

यसरी बाँडफाँट गरी बाँकी रहेको ११५ कित्ता शेयर ५ हजार २ सय २० कित्ताभन्दा बढी माग गर्नेमध्ये गोलाप्रथाबाट ११ जनालाई १० कित्ता थप गरिएको छ । यसपछि पनि बाँकी रहेको ५ कित्ता शेयर पनि त्यही संख्यामा आवेदक दिएका मध्ये पाँच जनालाई १ कित्ताका दरले थप शेयर प्रदान गरिएको छ । बाँडफाँटमा स्थानियले भने माग बमोजिम नै शेयर पाएका छन् ।

यस आईपीओमा स्थानियतर्फ एक हजार ८९७ जना आवेदकले ७ लाख ८५ हजार ३०५ कित्ताका लागि आवेदन दिएका थिए । यस मध्ये एक जना आवेदकको आवेदन रद्ध गरिएको छ । स्थानियतर्फका कुल आवेदकमध्ये ९ सय ८० जनालाई १ लाख १ सय २० कित्ता थप शेयर दिइएको छ । यस अघि बढी मूल्य तिरेर शेयर खरीद गरेको स्थानियलाई थप शेयर दिइएको हो ।

त्यस्तै, कुल ५१ हजार ८९८ जना सर्वसाधारणको आवेदन परे पनि दोहोरो आवेदनका कारण १६ जनाको आवेदन रद्ध गरिएको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको भनाइ छ । क्यापिटलले रूजु भएका ५१ हजार ८ सय ८२ जना सर्वधारणलाई शेयर बाँडफाँट गरेको बताएको छ । यी आवेदकबाट ५१ लाख ८९ हजार ५६० कित्ता शेयर माग भएको थियो । शिवमले फागुन ६ देखि १४ गतेसम्म प्रिमियम मूल्य घटाएर स्थानिय र सर्वसाधारणलाई शेयर बचेको थियो ।
-आर्थिकअभियानबाट

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।