विगत केही वर्षयता भएका विभिन्न अध्ययनअनुसार पुरुषमा शुक्रकीटको संख्या घट्दो छ र त्यसको गुणस्तरमा पनि ह्रास आइरहेको छ।

विशेषगरी अव्यवहारिक र अस्वस्थ जीवनशैलीका कारण प्रजनन् क्षमतामा कमी आएको हो। यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा स्त्री तथा निःसन्तान रोग विशेषज्ञ डा.दीपमाला कार्कीले लेखेकी छन्।

युरोप तथा अमेरिकामा भएका अध्ययनअनुसार विश्वमा प्रत्येक वर्ष २ प्रतिशत पुरुषमा प्रजनन् क्षमतामा ह्रास आइरहेको पाइएको छ।

यसरी पुरुषमा प्रजनन् क्षमता घट्दै जानुमा विभिन्न तनाव, रेडियसनको प्रभाव, धुमपान र मद्यपान, अनिद्रा, अस्वस्थ खानपान, अप्रत्यक्ष रुपमा रासानिक पदार्थका सेवन, मोवाइल तथा कम्प्युटरको अत्यधिक प्रयोग आदिलाई प्रमुख कारण मानिन्छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।