हेटौँडा,२२ फागुन ।
हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ हात्तिलेटमा बसले एकजनालाई ठक्कर दिएको छ । बसको ठक्करबाट सोहि स्थानका ७३ वर्षीय प्रेमप्रसाद घिमिरेको घटनास्थलमानै मृत्यु भएको छ ।

पुर्वि मकवानपुरको हात्तीसुडेबाट हेटौँडातर्फ आउँदै गरेको बसले हात्तिलेड सडकखण्डमा एक ब्यक्तिलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईले बताए । बस तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मान्छेलाई ठक्कर दिएपछि त्यहा केहिबेर तनाव समेत भएको थियो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।