हेटौँडा, १८ फागुन-१.अर्थशास्त्र भनेको के हो ?
”कुनै पनि व्यक्तिले व्यक्तिगत सन्तुष्टिको लागि आर्थिक क्रियाकलाप गर्दछ भने यसलाई अर्थशास्त्र भनिन्छ ।”

सन्तुष्टि


उपयोगिता भएको कुनै पनि वस्तु तथा सेवाको उपभोग गर्दा तथा क्रियाकलाप गर्दा त्यसबाट प्राप्त ह’ने धनात्मक अनान्दतालाई सन्तुष्टि भनिन्छ ।
मानविय जिवन सँग र पद्धति संग दाजेर हेर्ने हो भने सन्तुष्टि शब्द आफैमा वृहत शब्द हो । यस कारणले पनि सन्तुष्टि लाई वृहत रुपमा बुझ्न र ब्याख्या गर्न सकिन्छ कि यसले कुनै एउटा निश्चित संगठन, क्षेत्र, जाति, धर्म न त कुनै एउटा देशमा बसोबास गर्ने व्यक्तिहरुलाई मात्र प्रतिनिधित्व गर्दैन यसले त हर कोही विवेकशिल व्यक्तिलाई प्रत्येक्ष वा अप्रत्येक्ष ढंगबाट जन्म देखि मृत्यु परन्त सम्म कुनै एउटा निश्चित प्रक्रियालाई लिएर उत्प्रेरित र प्रभावित पारिरहेको हुन्छ । यस अर्थले पनि सन्तुष्टिको भुमिका तथा महत्व वृहत छ भनेर बुझ्न र महशुस गर्न सकिन्छ । २१ औँ शताब्दिका विवेकशील व्यक्तिहरु सन्तुष्टिको खोजि प्राप्ति र उपभोगको निम्ति नै संर्धसरत् छन् । यसरी सन्तुष्टिको खोजि प्राप्त र उपयोग गर्नको निम्ति नै हर कोहि विवेकशील व्यक्ति कुनै एउटा प्रक्रियमा माग लिने गर्दछन् । चाहे त्यो आर्थिक होस् गैर आर्थिक होस् वा सेवामुलक होस् यसरी आफु सन्तुष्टि रहनको निम्ति काफि कोसिस गरिरहेको पाईन्छ । यसरी नै सन्तुष्टिले विवेकशील व्यक्तिलाई उत्प्रेरित तथा प्रभावित पारेर व्यक्ति कुने एउटा निश्चित प्रक्रियामा भाग लिने गर्दछन् । यसरी एउटा प्रक्रिया पुरा हुने वित्तिकै अथवा पुर्ण हुने वित्तिकै अर्को प्रक्रियामा भाग लिने गर्दछन् । यसरी कुनै निश्चित प्रक्रियामा भाग लिने क्रममानै मानविय जिवन यापन पद्धति चलिरहेको हुन्छ र मानविय दैनिक पनि सोहि अनुरुप चलिरहेको हुन्छ । यसरी नै मानविय जिवन पद्धति तथा प्रक्रिया र सन्तुष्टि एउटा माला झै गांसिएको छ । यसरी सन्तुष्टि प्राप्तिका निम्ति सन्तुष्टिले नै उत्प्रेरित गराउने काम गर्दछ र फलस्वरुप व्यक्ति कुनै निश्चित प्रक्रियामा भाग लिई कोहि देश अथवा विश्वकै प्रधान पदमा पुगि सन्तुष्टि प्राप्त अथवा महशुस गर्दछन् भने कोहि सामान्य वा मध्यम स्तरको जिवन मापन गर्दछ र त्यस्तै कोहि सन्यशी तथा जोगि भई सन्तुष्टि प्राप्त गर्दछ । तर्शथ व्यक्तिलाई सन्तुष्टिले उत्प्रेरित गराई आफ्नो मानशिक र विवेक अनुसारको गतिविधि तथा क्रियाकलाप गर्न प्रत्यक्ष वा अप्रत्यक्ष ढंगबाट सन्तुष्टिले महत्वपुर्ण भुमिका खेलेको हुन्छ । अतः मानव जिवनको स्थायीत्वको निम्ति सन्तुष्टिको महत्व र भूमिका अतुलनिय छ ।

अझ भन्ने हो भने अर्थशास्त्रको क्षेत्रमा यसको महत्व अझ व्यापक छ । यस मानेमा कि आजको युगको हर विवेकशील व्यक्ति सन्तुष्टि प्राप्तिका निम्ति नै आर्थिक क्रियाकलाप गर्ने गर्दछन् । यदि उक्त व्यक्ति आर्थिक क्रियाकलाप बाट सन्तुष्टि भएन भने गैर आर्थिक वा सेवामुलक क्रियाकलाप गर्न सक्छन् । यसरी सन्तुष्टिले व्यक्तिलाई आर्थिक क्रियाकलाप गर्न पनि उत्प्रेरित गरेको हुनाले अर्थशास्त्रमा यसको महत्व छ । आर्थिक क्रियाकलापबाट व्यक्तिलाई सन्तुष्टिको प्राप्त गर्न र उपयोग गर्नका लागि सन्तुष्टिले नै उत्प्रेरित गरेको हुने गर्दछ सोहि कारणले पनि यसको महत्व अर्थशास्त्रमा अझ झन् व्यापक र महत्व छ भनेर बुझ्न र महसुश गर्न सकिन्छ । माथि उल्लेखित शब्दहरुले के बुझाउछ भने मानविमा आर्थिक क्रियाकलाप र सन्तुष्टि विचको सम्बन्ध नङ र मासु जस्तो छ भनेर बुझ्न सकिन्छ ।

अतः यस कारणले विवेकशील व्यक्तिहरु आर्थिक क्रियाकलाप आर्थिक प्राप्तिका लागि मात्रै नभई सन्तुष्टि प्राप्तिका लागि पनि गर्ने गर्दछन् । यसरी सन्तुष्टि प्राप्त गर्न विवेकशील व्यक्ति आर्थिकको एउटा पाटो अथवा प्रक्रियामा माग लिने गर्दछन् । यसरी अर्थशास्त्रले व्यक्तिको आर्थिक पक्षको मात्र अध्ययन गर्दा अर्थशास्त्रको क्षेत्र खुम्चिएको जस्तो देखिन्छ । तसर्थ आर्थिक पक्ष संग–सगैं व्यक्तिको सन्तुष्टिको बारेमा पनि अर्थशास्त्रले अध्ययन गर्दा यसलाई झन् व्यापक र वृहत ढंगले यसको बारेमा बुझ्न र बुझाउन सकिन्छ । सोहि कारणले गर्दा सन्तुष्टिको अध्ययन र सिद्धान्त विना अर्थशास्त्र पनि अपुरो र अधुरो देखिन्छ ।

 सन्तुष्टि मापनका आधार सुचकहरु :


→सन्तुष्टि शब्द पुर्ण रुपले विवेकशील शब्द हो । यस प्रक्रियामा भाग लिने व्यक्तिहरु प्ुर्ण रुपले विवेकशील हुनुपर्दछ । सन्तुष्टिलाई अङ्कगणितिय शुत्रमा मापन गर्न सकिदैन जसले गर्दा व्यक्तिले विभिन्न प्रक्रियामा भाग लिदा तथा वस्तु तथा सेवाको उपयोग गर्दा व्यक्तिले कुन प्रकार वा श्रेणिको सन्तुष्टिको प्राप्त अथवा उपभोग ग¥यो भनेर थाहा पाउनको निम्ति व्यवहारिक ठोस आधार हुन जरुरी छ किनकि सन्तुष्टिलाई अङकगणितिय शुत्रमा मापन गर्न सकिदैन । यसले गर्दा सन्तुष्टि मापनको आधार के त ? के का आधारमा यसका प्रकारहरु वा किसिम वर्गिकरण गरेको छ भन्ने जिज्ञासा मेटाउनको निमित्त यसको सुचकहरुलाई निम्न वुँदामा व्याख्या र विश्लेषण गर्न सकिन्छ ।
१. क्रियाकलाप
क्रियाकलापलाई सन्तुष्टि मापनको प्रमुख आधार सुचकको रुपमा व्याख्या गर्न सकिन्छ । व्यक्तिले सन्तुष्टि प्राप्त गर्न र उपभोग गर्नका लागि इच्छा चाहाना र उद्देश्य अनुरुपको कुनै न कुनै प्रक्रियामा भाग लिएको हुनु पर्दछ चाहे त्यो प्रत्यक्ष वा अप्रत्यक्ष होस् । तब मात्र व्यक्तिले सन्तुष्टि प्राप्त अथवा उपभोग गर्नका निम्ति कोसिस गरेको ठहर हुन्छ । यसरी व्यक्तिले सन्तुष्टि प्राप्त गर्नका लागि कुनै प्रक्रियामा भाग लिएको हुनुपर्दछ । चाहे छोटो प्रक्रिया होस वा लामो प्रक्रिया होस । तसर्थ यसरी क्रियाकलाप गरेको आधारमा व्यक्तिगत सन्तुष्टिको अध्ययन गर्न सकिन्छ । सोहि कारणको आधार सुचकको रुपमा व्याख्या गर्न सकिन्छ ।

२. मुल्य
→मुल्य पनि सन्तुष्टि मापनको आधार सुचकको अर्को प्रमुख प्रकार अन्तर्गत रहेर व्याख्या र विश्लेषण गर्न सकिन्छ । जब व्यक्तिले वस्तु तथा सेवाको उपभोगको लागि वा उक्त वस्तु तथा सेवामाथि आफ्नो हक जमाउन अथवा त्यसको स्वामित्व प्राप्त गर्नका निम्ति उक्त वस्तु तथा सेवामा यसको गुण र विशेषताको आधारमा साहि अनुसारको मुल्य चुकाउनु पर्दछ । तसर्थ उक्त वस्तु तथा सेवाको जब व्यक्तिले उपभोग गर्ने क्रममा वा गरिसके पछि उक्त वस्तु तथा सेवामा चुकाएको मुल्य बराबर वा बढि वा घटि सन्तुष्टिको महसुस गर्दछन् । यसरी मुल्याएको आधारमा विवेकशील व्यक्तिहरुले कुन प्रकारको सन्तुष्टि प्राप्त गरेको आफुलाई महसुस गर्ने हुनाले यसलाई आधार सुचकको रुपमा लिन सकिन्छ ।
३. अपेक्षा
→विवेकशील मानशिक यसका अधिकांश व्यक्तिहरु कुनै क्रियाकलाप गर्नु अघि र वस्तु तथा सेवाको उपयोग गर्नु अघि वा गर्ने क्रममा उक्त क्रियाकलाप र वस्तु तथा सेवाबाट अपेक्षा राख्ने गर्दछन् । कि त्यस क्रियाकलाप र वस्तु तथा सेवाबाट कस्तो किसिमको सन्तुष्टि प्राप्त गर्दछ भनेर यसरी विवेकशील व्यक्तिहरुले कुन श्रेणिको सन्तुष्टि प्राप्त गर्दछु भनेर अपेक्षा गर्ने भएकाले यसलाई पनि सन्तुष्टि मापनको महत्वपुर्ण सुचकको रुपमा लिन सकिन्छ ।
४. समिक्षा
→समिक्षालाई पनि सन्तुष्टि मापनको अर्को आधार सुचककोे रुपमा बुझ्न सकिन्छ । विवेकशील हर व्यक्तिहरु कुनै क्रियाकलाप गरिसके पछि र वस्तु तथा सेवाको उपयोग गरिसके पछि जब ति क्रियाकलाप र वस्तु तथा सेवाको उपयोग पछि समिक्षा गर्दा अपेक्षित अनुरुप वा सो भन्दा बढि वा घटिको सन्तुष्टिको महसुस गर्दछ । यसरी व्यक्तिले कुन श्रेणिको सन्तुष्टिको प्राप्त वा महसुस ग¥यो भनेर समिक्षा गर्दा थाहा पाउन सकिन्छ । सोहि कारणले गर्दा समिक्षालाई सन्तुष्टिको आधार सुचकको रुपमा लिन सकिन्छ ।
 सन्तुष्टिका प्रकारहरु :


→ दैनिक मानविय क्रियाकलापको अध्ययनको आधारमा र माथि उल्लेखित सन्तुष्टि मापनका आधार सुचकको आधारमा सन्तुष्टिको प्रकारहरु निम्न बुदाँमा व्याख्या र विश्लेषण गर्न सकिन्छ ।

१.अपुर्ण सन्तुष्टि

व्यक्तिले कुनै क्रियाकलाप गर्नु अघि र वस्तु तथा सेवाको उपयोग गर्नु अघि क्रियाकलापको अपेक्षा र तिरेको हकमा हुन्छ सो को वस्तु तथा सेवाको हकमा मुल्य दाजोमा व्यक्तिले समिक्षा गर्दा अपेक्षा र मुल्य तिरेको भन्दा कम यदि व्यक्तिले सन्तुष्टि लाई अपुुर्ण सन्तुष्टि वा असन्तुष्टि भनिन्छ । जब व्यक्तिले कुनै क्रियाकलापमा भाग लिदा र वस्तु तथा सेवाको उपभोग गर्दा यसरी अपेक्षकृत र मुल्य तिरेको भन्दा कम जब यस्तो खाले सन्तुष्टिको व्यक्तिले महशुस गर्दछ भने त्यो अवस्थामा व्यक्ति सन्तुष्टि रहन सक्दैन यसरी उक्त व्यक्ति अपुर्ण सन्तुष्टि वा असन्तुष्टिको भागेदार बन्न पुग्दछ । र यसरी व्यक्तिले उक्त क्रियाकलाप र वस्तु तथा सेवा माथि असन्तुष्टिको व्यक्त गर्दछ । यसरी अपुर्ण भनेको अपेक्षा गरेको र मुल्य तिरेको निश्चित विन्दु सम्मको सन्तुष्टिको महशुस गर्न नसक्नु हो । यसरी नै अपुर्ण सन्तुष्टि बाटै असन्तुष्टिको जन्म हुन्छ ।

२. पुर्ण सन्तुष्टि

→व्यक्तिले कुनै क्रियाकलाप गर्दा र वस्तु तथा सेवाको उपभोग गर्दा जति अपेक्षा र मुल्य तिरेको हुन्छ सोहि हाराहारी बराबरकै सन्तुष्टि व्यक्तिले महशुस गर्दछ भने यस्तो खाले सन्तुष्टिलाई पुर्ण सन्तुष्टि भनिन्छ । यस्तो अवस्थामा यो सन्तुष्टिलाई मध्याम विन्दुको रुपमा लिइन्छ । किनकि यो अवस्थामा व्यक्तिले अपेक्षाकृत र मुल्य तिरेको हाराहारी बराबरकै सन्तुष्टि क्रमशः अरु नै प्रकार बन्न पुग्दछ । जब व्यक्तिपुर्ण सन्तुष्टि रहन्छ तब ऊ अधिकतम सन्तुष्टिको प्राप्ति र उपयोगको निम्ति प्रयत्न गर्दछ । सो कारणले गर्दा पुर्ण सन्तुष्टिले अधिकतम सन्तुष्टि प्राप्तिका निम्ति उत्प्रेरित र हौसला प्रदान गर्ने काम गर्दछ ।

३. अधिकतम सन्तुष्टि

→व्यक्तिले कुनै क्रियाकलाप गर्दा र वस्तु तथा सेवाको उपयोग गर्दा जति अपेक्षा र जति मुल्य तिरेको हुन्छ सो भन्दा बढि व्यक्तिले सन्तुष्टिको महशुस गर्दछ भने त्यस्तो सन्तुष्टिलाई अधिकतम सन्तुष्टि भनिन्छ । अधिकतम सन्तुष्टि यस्तो सन्तुष्टि हो जुुन सन्तुष्टिको खोजि प्राप्ति र उपभोग गर्ने अन्तिम विन्दुको रुपमा हेर्न सकिन्छ । व्यक्तिले जस्तो सुकै क्रियाकलापमा भाग लिएता पनि र वस्तु तथा सेवा माथि जतिनै लगानी गरेर उपभोग गरेता पनि अधिकतम सन्तुष्टिबाट अरु कुनै सन्तुष्टि प्राप्त गर्न सक्दैन यो नै सन्तुष्टिको महशुस गर्ने अन्तिम अथवा शिखर विन्दु हो । निश्चित उद्देश्य र लक्ष्य प्राप्त गर्ने क्रममा व्यक्तिगत जिवन र अधिकतम सन्तुष्टिले महत्वपुर्ण भुमिका खेलेको हुन्छ । कुनै पनि व्यक्तिले आफ्नो पुर्ण जिवनको कार्यकाललाई लिएर अधिकतम सन्तुष्टिको महशुस गर्न सक्दैन । तर कुनै निश्चित प्रक्रिया वा क्रियाकलाप र वस्तु तथा सेवाको उपयोगबाट आफुलाई अधिकतम सन्तुष्टिको महशुस गर्न सक्छ ।

 सन्तुष्टिको महत्व


१. अर्थशास्त्रमा

सन्तुष्टिको महत्व अर्थशास्त्रमा अतुलनिय छ यस क्षेत्रमा यसले महत्वपुर्ण भुमिका खेलेको छ । अर्थशास्त्रले मानविय आर्थिक क्रियाकलापको मात्र अध्ययन गर्दछ तर मानविय सन्तुष्टिको अध्ययन गरेको पाईदैन किनकि आजको युगको अधिकांश विवेकशील व्यक्तिहरु आर्थिक प्राप्तिका लागि मात्रै आर्थिक क्रियाकलाप गर्दैन सन्तुष्टि प्राप्तिका लागि आर्थिक क्रियाकलाप गर्ने गर्दछ त्यस कारण अर्थशास्त्रले आर्थिक क्रियाकलाप मात्र नभई मानविय सन्तुष्टि लाई पनि संग सगैं जोड दिदा यसको क्षेत्र झन् वृहत बनाउन सकिन्छ र यसले झन सम्पुर्ण विवेकशील व्यक्तिहरुलाई समेट्न र प्रतिनिधित्व गर्न सक्छ सोहि कारणले यसको महत्व अर्थशास्त्रमा महत्वपुर्ण छ ।

२. मानव जिवनमा

मानव जिवनमा सन्तुष्टिले जन्म देखि मृत्यु सम्म प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पार्ने र भुमिका खेलेको हुन्छ । जब व्यक्ति विवेकशील मानसिक बोकेर सन्तुष्टि प्राप्तिको निम्ति लागी पर्दछ सोहि अनुरुप कुनै एउटा निश्चित प्रक्रियामा भाग लिने गर्दछ । यसरी भाग लिने क्रममा कोहि देशको वा विश्वकै प्रधान पदमा पुग्दछन कोहि सामान्य तथा कोहि सन्यासि अथवा जोगिको रुप धारण गरी सन्तुष्टि खोजी प्राप्ति र उपभोगको निम्ति लागी पर्दछन यसरी मानव सभ्यता लाई निरन्तरता दिन तथा जिवन पद्धति चलाई रहन सन्तुष्टिको नै भुमिका भएकाले यसको महत्व मानव जिवनमा पनि उत्तिनै छ ।

३. मुल्य निर्धारण गर्न

वस्तु तथा सेवा जति उपयोगिता हुन्छ त्यस वस्तु तथा सेवाले दिने सन्तुष्टि पनि उत्तिनै हुने गर्दछ । यसरी वस्तु तथा सेवाले दिने सन्तुष्टि नै त्यस वस्तुको वास्तविक मुल्य हो । तसर्थ मुल्य र सन्तुष्टि विचको सम्बन्ध पारस्परिक रुपमा हुने गर्दछ अतः वस्तु तथा सेवाले जति सन्तुष्टि दिन्छ सोेहि अनुरुपको मुल्य वस्तु तथा सेवामा लगाउनु पर्दछ । सोहि कारणले वस्तु तथा सेवामा मुल्य निर्धारण गर्न यसको महत्व रहने गर्दछ ।

४. माग सिर्जना गराउन

जब वस्तु तथा सेवामा उपयोगिता बढाउन सकिन्छ तब त्यस वस्तु तथा सेवाले दिने सन्तुष्टि पनि बढ्न जान्छ । यसरी वस्तु तथा सेवाले जति बढि सन्तुष्टि दिन्छ तब उक्त वस्तु तथा सेवा माथि उपभोक्ता पनि स्वभाविक बन्न जान्छ । जब उपभोक्ता बढ्छ साथ साथै उक्त वस्तु तथा सेवाको माग बृद्धि स्वत हुन्छ । यसकारणले वस्तु तथा सेवामा जति त्यसले दिने सन्तुष्टि बृद्धि गर्न सक्यौं उतिनै माग सिर्जना हुने गर्दछ ।

५. प्रतिस्पर्धात्मक क्रियाकलाप

सन्तुष्टि प्राप्त गर्नको लागि विवेकशील कुनैपनि व्यक्तिले कुनै न कुनै प्रक्रियामा भाग लिईन्छ । यसरी भाग लिदा उक्त प्रक्रियामा स्वभाविक एक वा सो भन्दा बढि व्यक्तिहरु हुन सक्छन् । जब एक भन्दा बढि व्यक्ति हरु एकै प्रक्रियाबाट सन्तुष्टि प्राप्त गर्नको लागि पर्दछन भने त्यो अवस्थामा एक अर्कामा प्रतिस्पर्धात्मक पद्धति लागु हन्छ । संगठनमा देशको प्रधान पदमा लगायत विभिन्न क्षेत्रमा सन्तुष्टि नै प्राप्त गर्नका लागि यसरी प्रतिस्पर्धात्मक क्रियाकलाप भईरहेको हुन्छ ।

६. नेतृत्वको लागि

कुनै पनि संगठन तथा राज्य सञ्चालन गर्न नेतृत्वले उक्त संगठनमा भएको व्यक्तिहरु र राज्यमा बसोबास गर्ने व्यक्तिहरुलाई उनिहरुको इच्छा चाहाना र भावना अनुरुपको सन्तुष्टि प्रदान गर्न कोशिस अथवा लागि पर्दछ भने उक्त नेतृत्व स्वभाविक निश्चित समय अवधि सम्म रहि रहन्छ । यदि त्यस्तो भएन वा गर्न सकिएन भने उक्त नेतृत्व उक्त पदबाटै मुक्त हुन्छ । तसर्थ नेतृत्वको लागि पनि सन्तुष्टिको ठुलो महत्व छ ।

७.उत्प्रेरित गराउन

सन्तुष्टि यस्तो शब्द हो जसले विवेकशील व्यक्तिहरुलाइृ कुनै पनि प्रक्रिया वा क्रियाकलापमा भाग लिन वा संलग्न हुनको निम्ति उत्प्रेरित गर्दछ । यसरी सन्तुष्टिबाट उत्प्रेरित भई विवेकशील व्यक्तिहरु कुनै क्रियाकलाप गर्दछन् । कोहि गैर आर्थिक भने कोहि सेवामुलक क्रियाकलाप गर्दछन् । अतः यसले उत्प्रेरित गराई कोहि देश अथवा विश्वकै प्रधान पदमा पुग्दछन भने कोहि सामान्य जिवन पद्धतिमा रहन्छ त्यस्तै कोहि जोगि अथवा सन्यासि बनेर सन्तुष्टि प्राप्त गर्दछ । यसरी कुनै पनि क्रियाकलापमा भाग लिन सन्तुष्टिबाट उत्प्रेरित हुने गर्दछ ।

 सन्तुष्टिलाई प्रभाव पार्ने तत्वहरुः–


१. आर्थिक स्थिति

आर्थिक स्थितिले सन्तुष्टिलाई प्रभाव पार्ने प्रमुख कारक तत्वको रुपमा लिन सकिन्छ । कुनै पनि देशको त्याहाँको जनताको एक अर्कामा मिल्दो जुल्दो वा समान खालको आर्थिक स्थिति छैन । जसले गर्दा आफ्नो आर्थिक स्थिति अनुकुलको सन्तुष्टि प्राप्त गर्नको निम्ति प्रयत्न गर्दछन् । यसरी न्युन आय स्रोत भएको व्यक्तिहरु आफ्नो क्रियाकलाप आधारभुत आवश्यकता पुरा गरी सन्तुष्टि रहन्छन् । त्यस्तै मध्यम वर्गले आधारभुत आवश्यकता सजिलै पुरा गरी पुर्ण सन्तुष्टि प्राप्तिको निम्ति कोशिस गर्दछ भने उच्च आय अथवा आर्थिक स्थिति भएको व्यक्तिहरु आफुलाई अधिक सन्तुष्टि प्राप्त गर्नको लागि महङगो वस्तु तथा सेवाको उपयोग गर्दछन् । चाहे त्यो वस्तु तथा सेवाको बजार मुल्य भन्दा बढि लगानी गर्नको निम्ति तत्परता देखाउछन् र उपयोग गर्दछन् । यसरी आर्थिक स्थितिले सन्तुष्टिलाई प्रभाव पार्ने काम गर्दछ ।

२.लिङ्ग

 लिङ्ग पनि सन्तुष्टिलाई प्रभाव पार्ने कारक तत्वको रुपमा लिन सकिन्छ । जुन लिङ्गहरु म्हिला र पुरुषको नियम अन्तर्गत रहि चर्चा गर्न सकिन्छ । कतिपय वस्तु तथा सेवाहरु महिला र पुरुषको लागि फरक–फरक हुन्छन् । जस्तैः महिलाको हकमा लगाइने श्रृङगारका सामानहरु पुरुषको उपयोगमा आइदैन त्यस्तै पुरुषको निम्ति बनाइएको वस्तु तथा सेवाहरु महिलाको उपयोगमा आउदैन । यसरी लिङ्गको आधारमा बनाइएको वस्तु तथा सेवाहरु एक अर्काको लागि प्रयोग गरी सन्तुष्टि प्राप्त गर्न नसकिने भएकोले यसरी लिङ्गले सन्तुष्टिलाई प्रभावित पार्दछ ।

३. उमेर

जन्म देखि मृत्यु सम्म मानिसको उमेर क्रममा बढ्दै जान्छ । यसरी उमेरमा परिर्वतन आउदा उमेर अनुसार सन्तुष्टि हुन चाहाने माध्ययम र तरिका फरक–फरक हुन्छ जस्तैः बाल्यकालमा बाल्य अवस्थामा गरीने क्रियाकलाप गरी सन्तुष्टि रहन्छ । युवा अवस्थामा विभिन्न आर्थिक गैर आर्थिक तथा सेवामुलक क्रियाकलापमा तथा यौन सम्बन्धि क्रियाकलापमा भाग लिएर तेस्तै बृद्ध अवस्थामा धार्मिक संस्कृति तथा सेवामुलक क्रियाकलापमा भाग लिएर सन्तुष्टि प्राप्त गर्नको निम्ति लागि पर्दछ । यसरी उमेरले सन्तुष्टिलाई प्रभाव पार्ने काम गर्दछ ।

४.धर्म संस्कृति तथा रितिरिवाज

एउटै समाजमा रहेर वस्ने व्यक्तिहरु विच पनि धर्म संस्कृति र परम्परा फरक–फरक हुन सक्छन् । यसरी आफ्नो परमपरा धर्म संस्कृति र रितिरिवाज अन्तर्गत रहि ति कुराहरुमा त्यस्तो आफ्नो परमपरा धर्म संस्कृति प्रति इच्छा चाहाना र भावना नहुदा नहुदै पनि ति कुराहरुको परमपरा संस्कृतिको अनुरुप क्रियाकलाप गर्न पर्ने हुन्छ अतः यसरी पनि धर्म संस्कृति तथा रितिरिवाजले पनि सन्तुष्टिलाई प्रभाव पार्ने काम गर्छ ।

५.प्रविधिको परिर्वतन

आजको २१ सताब्दिमा समय संग–संगै प्रविधिमा पनि ठुलो परिर्वतन आइरहेको पाइन्छ । जसले गर्दा मानवीय जिवन शैलीमा पनि प्रभाव पार्ने काम गर्दछ । यसरी मानवीय आवश्यकता पुरा गर्नका लागी र सन्तुष्टि प्रदान गर्नका लागि प्रविधिका साधनहरुमा दिनानु दिन परिवर्तन अथवा विकास हुने गर्दछ र फलस्वरुप आफ्नो आर्थिक स्थिति अनुसार ति प्रविधिको उपयोग गर्ने गर्दछन् ।चाहे त्यो आधारभुत आवश्यकता पुरा गर्न होस् वा विलासी आवश्यकता पुरा गर्न ।

 सन्तुष्टिका अपवादहरु :


१. मानशीक रोगी

सन्तुष्टि प्राप्त गर्ने वा महशुस गर्ने व्यक्ति पुर्ण रुपले स्वास्थ्य मानसिक र विवेकशिल उपभोक्त हुदा मात्र सन्तुष्टिको सिद्धान्त उक्त व्यक्ति माथि उपयोगी र लागु हुन्छ । सन्तुष्टि शब्द आफैमा विवेकशील शब्द भएको कारणले मानसिक रोगी भएको व्यक्तिको लागि उक्त व्यक्तिले प्राप्त अथवा महसुश गरेको सन्तुष्टिलाई सन्तुष्टिको रुपमा स्वीकार गर्न सकिन्छ । मानसिक रुपमा विवेकशील नभएको सम्पुर्ण व्यक्तिहरुले महसुश र प्राप्त गरेको सन्तुष्टिलाई अपवादको रुपमा लिन सकिन्छ ।

२. अनु–अपेक्षित वस्तुको प्राप्ति

व्यक्तिले कुनै पनि वस्तु तथा सेवा उपयोग गर्नु अघि व्यक्ति वस्तु तथा सेवाबाट सन्तुष्टिको अपेक्षा गर्दछ तर कुनै अवस्थामा अपेक्षा नगरेको अवस्थामा पनि व्यक्तिले सन्तुष्टिको महसुश गर्न सक्छ जस्तैः बाटोमा हिडेको अवस्थामा व्यक्तिले हजारको नोट भेटेर उक्त रुपैयाँ बाट आफ्नो आधारभुत आवश्कता पुरा गरी सन्तुष्टि रहेता पनि सन्तुष्टिको सिद्धान्तले उक्त व्यक्तिले प्राप्त गरेको सन्तुष्टिलाई सन्तुष्टिको रुपमा स्वीकार गर्न सकिदैन किनकी उक्त व्यक्ति अपेक्षा नगरेको वस्तु तथा सेवा प्राप्त गरी सन्तुष्टिको प्राप्ती गर्दछ भने यस्तो बुझ्न र लिन सकिन्छ ।

३.कु–लतका वस्तुको सेवन

कुनै पनि व्यक्तिले कु–लत जन्य वस्तु तथा सेवाको उपयोग गरी सन्तुष्टिको महसुश गर्दछ भने त्यस्ता वस्तु तथा सेवाको उपयोग बाट प्राप्त गरेको सन्तुष्टिलाई सन्तुष्टिको रुपमा स्वीकार गर्न सकिदैन । किनकी यस्ता वस्तु तथा सेवाको उपयोगले व्यक्तिलाई क्षणिक रुपमा आनन्दता र उत्प्रेरित गरेता पनि शारिरीक र मानसिक दुवै ढंगले व्यक्तिलाई प्रभावित पारी व्यक्ति मानसिक रुपमा पुर्ण स्वस्थ अथवा विवेकशील हुन सक्दैन र यस्तो अवस्थामा प्राप्त अथवा महशुस गरेको सन्तुष्टिलाई अपवादको रुपमा बुझ्न र व्याख्या गर्न सकिन्छ ।

४. अमानवीय क्रियाकलाप

मानव हित विपरित हुने सम्पुर्ण क्रियाकलापलाई अमानवीय क्रियाकलाप भनेर बुझ्न सक्छौ । कुनै पनि व्यक्ति तथा संगठनले कुनै निश्चित ठाउँको व्यक्तिहरुलाई प्रभावित पारि अमानवीय क्रियाकलाप गरी सन्तुष्टि प्राप्त गर्दछ भने अथवा महशुस गर्दछ भने यस्तो किसिमको सन्तुष्टिलाई पनि सन्तुष्टिको रुपमा लिन सकिदैन जो मानव संरचनामा नै दखल पुराई सन्तुष्टि लिन चाहान्छ भने त्यस्तो सन्तुष्टिलाई सन्तुष्टिको अपवादको रुपमा लिन सकिन्छ जस्तैः सयौँको भिडमा बम विस्फोट गर्नु, सयौँको भिडमा अन्ध धुन्ध गोलावारी गर्नु यसको प्रमुख उदाहरण हुन्न ।

५.राज्यको निम्ति विपरितका कार्य

कुनै पनि राज्यको आफ्नो–आफ्नो निति नियम र संविधान हुने गर्दछ । उक्त निति नियम र संविधान अन्तर्गत रहि त्यस देशमा नागरीक वा जनता उक्त निति नियम प्रति बफादार बनि दैनिक क्रियाकलाप वा आफ्नो जिवन पद्धति चलाउन पर्दछ । यसरी सन्तुष्टि प्राप्त गर्ने क्रममा त्यस्ता निति नियमले सन्तुष्टिलाई बाधा हाल्ने काम गर्दछ । उदाहरणका लागि कुनै देशको संविधानमा एक व्यक्ति बराबरको निश्चित भुमिको मापदण्ड तोकिएको हुन्छ तर कुनै व्यक्तिले भुमि पति बन्न रहर छ भने उक्त संविधानले उक्त व्यक्तिको चाहाना लाई बाधा हाल्ने काम गर्दछ । तसर्थ यस्ता अनेकौं निति र नियम प्रति आधारित नरही व्यक्तिले सन्तुष्टिको प्राप्ति गर्दछ भन्ने यसलाई पनि अपवादको रुपमा लिन सकिन्छ ।

-साकार बर्तौला

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।