photo:WEB

फागुन १०- पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० क्रिकेट प्रतियोगितामा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले डेब्यू खेलमा ३ विकेट लिएका छन्। शुक्रबार लाहोर क्वालान्डर्सबाट पिएसएल डेब्यू गर्दै सन्दीपले मुल्लान सुल्तान्सविरुद्ध ३ विकेट लिएका हुन्।

टस जितेको लाहोरले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। जसमा सन्दीपले पहिलो २ विकेट लिँदै लाहोरलाई रहात दिलाएक थिए। सन्दीपले पहिलो विकेटस्वरुप ओपनिङ ब्याट्सम्यान जेम्स भिन्सलाई ८४ रनमा आउट गरे। सन्दीपले भिन्सलाई फखर जमानको हातबाट क्याचआउट गराएसँगै सुल्तान्सको १ सय ३५ रनको ओपनिङ साझेदारी तोडिएको थियो। आफ्नो तेस्रो ओभरमा सन्दीपले सुल्तान्सका कप्तान सोएब मलिकलाई १० रनमा आउट गरे। यस्तै सन्दीपले आफ्नो तेस्रो विकेटको रुपमा आन्द्रे रसेललाई सिकार बनाए।

सन्दीपले खेलमा ४ ओभरमा ४६ रन खर्चिए। जसमा उनले १ चौका र ५ छक्का दिएका थिए।

योसँगै सन्दीपले एक वर्षको अन्तरमा नवौं विदेशी फ्रेन्चाइज लिग खेले।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।