हेटौंडा,मनहरी गाउँपालिका वडा नम्बर ५ बसन्तपुरमा रहेको नमुना शिशु सदनको चौथो बार्षिक उत्सब तथा अभिभाबक भेला आज सम्पन्न भएको छ ।

पूर्व संसद राजाराम स्याङ्तानको प्रमुख अतिथ्यतामा भएको भेलामा विद्यालयको प्रधानध्यापक ओम मगरको सभाध्यक्षतामा भएको थियो ।भेलामा शैक्षिक सत्र २०७४ मा उत्तीर्ण भै प्रथम, द्धितीय, तृतीय हुन सफल बिद्यार्थीहरुलाई पुरस्कार लगायत सम्मान पत्र वितरण गरिएको थियो ।

अबको नयाँ शैक्षिक सत्र देखि कक्षा ४ सम्म पढाई हुने र केहि बर्ष भित्र नै आधारभूत तह सम्म पढाई गराउने प्रधानध्यापक ओम मगरले बताउनु भयो । १३० जना बिद्यार्थीहरु अध्ययनरत रहेको बिद्यालयमा भएका कार्य प्रगति विवरण लगायत आगामी कार्ययोजना बारे प्रधानध्यापक मगरले प्रस्तुत गरेका थिए ।

भेलामा प्याप्सन मकवानपुरको अध्यक्ष अनिल पाण्डे, सनसाइन बोर्डिङ बसामाडीको प्रधानध्यापक राजकुमार नहर्की, मेरिगोल्ड बोर्डिङ मनहरीको प्रधानध्यापक सबनम थापा, रेड एन्जल मनहरीको प्रधानध्यापक श्रीराम चौधरी, बिलिभर्स बोडिङको प्रधानध्यापक मदन तामाङ, भोज सिद्ध माबीको ब्यबस्थापन समितिको अध्यक्ष इन्द्राकुमारी शार्की, जनचेतना आधारभुत बिद्यालयको अध्यक्ष मिन बहादुर लामा, लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

भेलामा नर्सरी देखि कक्षा ३ सम्ममा बिद्यार्थीहरुले आ-आफ्नो कला नृत्य प्रस्तुत गरेका थिए । बिद्यालयको शिक्षक दिपक अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।