हेटौँडा,१० फागुन ।
पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नंबर ५ बाङ्तीराङमा घट्टको कुलोमा डुबेर एकजना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३ बर्षीया अस्मिता लामा रहेकी छिन् । आज विहान डुबेको अबस्थामा फेला परेकी लामालाई उपचारका लागि मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएको थियो । तर, स्वास्थ्य केन्द्र आइपुग्नु अघि नै उनको मृत्यु भइसकेको पाइएको मनहरी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।