हेटौँडा,९ फागुन ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर गत दुई वर्षबाट कार्यरत प्रहरी निरिक्षक मधुकुमार थापाको सरुवा भएको छ ।
मकवानपुरमा रहेर उत्कृष्ट काम गर्दै जनताको मन जित्न सफल थापाको काठमाण्डौँ स्थित दंगा नियन्त्रण कार्यलय त्रिपुरेश्वरमा सरुवा भएको हो ।

गत २०७३ साल फागुनमा जिल्ला प्रहरी कार्यालय आएका उनले दुई वर्षको अवधिमा मकवानपुरमा रहेर विभिन्न जघन्य अपराधको सफलतापुर्वक अनुसन्धान गर्दै अपराधि पक्राउ गर्न सफल बनेका थिए ।

थापाले लागु औषध नियन्त्रणको क्षेत्रमा पनि आफुलाई अब्बल प्रमाणित गरेका थिए । जिल्लामा रहेर उत्कृष्ट काम गरेको भन्दै थापालाई प्रदेश प्रहरी कार्यालय प्रदेश नंबर ३ ले गत वर्ष र यो वर्ष उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरेको थियो भने उनले मकवानपुरकै मध्यक्षेत्रीय प्रहरी कार्यालयमा रहँदा समेत उत्कृष्ट प्रहरीको अबार्ड प्राप्त गरिसकेका छन् ।

२०६४ सालमा प्रहरी निरिक्षकबाट सेवा प्रारम्भ गरेका थापालाई मकवानपुरेहरुले इमान्दार तथा लगनशिल प्रहरीको रुपमा लिने गरेका छन् । सरुवा भएपछि खबरब्रेकलाई प्रतिक्रिया दिँदै थापाले आफु जहाँ गएपनि मकवानपुरमा रहेको गरेको कामको सधै स्मरण हुने बताए । प्रहरीको काम, कर्तब्य र अधिकार भन्दा बाहेक आफु कहिल्यै नचल्ने भन्दै मकवानपुबाट आफुले निकै सहयोग समेत प्राप्त गरेको बताए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।