हेटौँडा,८ फागनु ।
हेटौंडा उपमहानगरपालिका ५ क्याम्पाडाडामा मोटरसाईकल दुर्घटना भएको छ । दुई वटा मोटरसाईकल एक आपसमा ठोक्कीदा दुर्घटना भएको हो ।

चौघडाबाट हेटौंडा बजार तर्फ आउदै गरेको ना ५० प २९०६ नम्बरको पल्सर मोटरसाइकल र बजारबाट चौघडा तर्फ जादै गरेको ना ५ प ६१९४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो ।

दुर्घटनामा दुवै मोटरसाइकल चालक घाइते भएको र उनीहरुलाई उपचारको लागि अस्पताल लगिएको छ । घाईते हुनेमा हेटौँडा वडा नंबर ६ हात्तिलेटका निवेश केसी तथा हेटौँडा १६ का प्रल्हाद गौतम रहेको प्रहरीले जनाएको छ ।

photo : Manoj Devkota, Facebook

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।