राष्ट्रिय सभा सांसद रामनारायण बिडारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठकविरुद्धको अनुसन्धान अदालत सम्म पुग्नुपर्ने बताएका छन्।बुधबार राष्ट्रिय सभामा बोल्दै सांसद बिडारीले भने, ‘अख्तियारका तत्कालीन सदस्य राजनारायाण पाठक भ्रष्टाचारमा चुर्लुम्म डुबेर पदमुक्त भएका छन्। उनीविरुद्धको अनुसन्धान हात्ती आयो हात्ती फुस्सा भनेजस्तो नहोस्।’

भ्रष्टाचार माथिदेखि तलसम्म छ, अर्बौं देखि हजारसम्म व्याप्त रहेको भन्दै उनले नेपालको संविधान, भ्रष्टाचार निवारण ऐन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनअनुसार पाठकविरुद्धको मुद्दा अदालतसम्म पुग्नुपर्ने जनाए।

‘यो विषय अदालतलाई पनि जनताले परीक्षण गर्ने मुद्दा हो। किनभने अहिले केही मान्छे मुद्दा लाग्छ कि लाग्दैन भन्ने विषयमा विवाद गरिरहेका छन्’, उनले भने।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।