हेटौँडा,६ फागुन ।
प्रदेश नंबर ३ सरकारले हेटौँडाको मुख्य सडक अर्थात पुर्व पश्चिम राजमार्गलाई दायाँबाँया १६ मिटर विस्तार गर्ने निर्णय स्वागतयोग्य भएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले बताएका छन् ।

खबरब्रेकसँग कुरा गर्दै मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका न्यौपानले प्रदेश सरकारले फागुन ५ गते गरेको मन्त्रीपरिषदको निर्णय हेटौँडाको लागि अत्यन्तै उत्साहपूर्ण भएको दाबी गरे ।

आफु अध्यक्ष हुँदा पनि सहरको बिचभागबाट राजमार्ग हुनुहुँदैन र २५ मिटर फराकिलो बनाउने नाउँमा जनतालाई सुकुम्बासी बनाउन पाईदैन भनेर आन्दोलन गरेको स्मरण गर्दै उनले उक्त आन्दोलनको प्रतिफल हाल प्राप्त गरेको उनले बताए ।
१६ मिटर फराकिलो गर्दा पनि यहा कोहि ब्यक्ति सुकुम्बासी हुने संभावना अझै रहेको भन्दै उनले त्यस्ता ब्यक्तिको हकमा सरकारले मुआब्जा तथा क्षतिपूर्ति दिनुपर्ने बताए ।
सरकारले अब २५ मिटर क्षेत्रमा पर्ने सबै सम्पतीलाई बैंक कारोबारको लागि खुला गर्नुपर्ने समेत उनले बताए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।