हेटौँडा,५ फागुन ।
राजसस्था वादी बृहत युवा समुहका केन्द्रीय प्रतिनिधि महेश मगरले राजजस्थालाई फिर्तागर्ने जिम्मेवारी युवाहरुको काँधमा आएको बताएका छन् । आज हेटौँडाको न्युज क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले देशमा राजतन्त्रको आवश्यक्ता रहेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै मगरले राजाविना देशको विकास र समृद्धि संभवन नभएको बताए । राजा नहुँदा देशमा लुटतन्त्र मच्चीएको भन्दै उनले राजाको विकल्प नभएको समेत दाबी गरे ।
देशमा हत्या,हिंसा बढनु, देशमा धर्म परिवर्तनले डरलाख्दो रुप लिँदै जादा पनि देशमा रहेको सरकारले केहि गर्न नसकेको भन्दै नेपालीहरुले अहिले अभिभावक नभएकोजस्तो महशुस गरेको दाबी गरे ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।