हेटौँडा,४ फागुन ।

राप्रपा निकट महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मकवानपुरको अध्यक्षमा बालकुमारी डल्लाकोटि चयन भएकि छिन।
संगठनको आज भएको भेलाले डल्लाकोटिको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिती निर्बाचित गरेको छ ।

कमिटिको उपाध्यक्षमा लक्ष्मि जिम्बा र माया न्यौपाने सचिवमा भवानी चौलागाई र कोषाध्यक्षमा इन्दिरा बाँनिया चयन भएका छन् यसैगरि कमिटिको सहसचिबमा रजनी श्रीवास्तव सदस्यहरुमा चन्द्रमती परियार,राधिका श्रेष्ठ, यसोदा वाग्ले लागाएत चएन भएका छन् ।

राप्रपाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष मधु अधिकारी प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नगर अध्यक्ष गुरु सापकोटा , सिताराम बर्तौला इन्दिरा न्यौपाने लगाएतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । निबर्तमान अध्यक्ष अम्बिका खतिवडाका अध्यक्षतामा कार्यक्रम भएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।