मकवानपुरको दुई युवाहरुले हेटौँडामा फरक तथा नौलो स्वाद सहितको नयाँ होटल ब्यवसाय आजबाट सुरु गरेका छन् । नारायणी मलसँगै उनीहरुले किंग फ्राईड चिकेन सेन्टर( केएफसिसि) नामको नयाँ होटलको शुभारम्भ गरेका हुन् ।

मकवानपुरको भीमफेदी गाउँपालिकाका प्रमोदलाल श्रेष्ठ तथा रमेश लामाले करिब ५० लाख रुपैँयाको लागतमा ब्यवसाय सुरु गरेका हुन् । हेटौँडामा पहिलो पटक क्रिप्सी एण्ड क्रन्ची फ्राई चिकेनको समेत ब्यवस्था रहेको होटलमा सम्पूर्ण प्रकारको खाजा तथा नास्ताको ब्यवस्था रहेको सञ्चालक मध्येका रमेश लामाले बताए ।

सुन्दर तथा शान्त वातावरण र हेटौँडाको मुख्य बजारमानै रहेको केएफसिसिमा वर्थ डे पार्टी तथा विभिन्न उत्सवको अवसरमा समेत पार्टी गर्ने मिल्ने वातावरण रहेको होटलका सञ्चालक प्रमोदलाल श्रेष्ठले बताए । होटलमा एकैपटक ५० जनालाई सेवा गर्न सकिने उनले बताए । विदेशमा गएर श्रम गर्नु भन्दा केहि लगानी गरेर स्वदेशमानै राम्रो आम्दानी गर्ने सोचको साथमा ब्यवसाय सुरु गरेको उनीहरुको भनाई रहेको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।