हेटौँडा,१ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी( नेकपा) मकवानपुरले २४ औँ जनयुद्ध दिवसको अवसरमा सहित, घाईते तथा वेपत्ता परिवारका १ सय १४ जनालाई सम्मान गरेको छ ।


आज नेकपा मकवानपुरको पार्टी कार्यालयमा भएको कार्यक्रमा नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने सहितका नेताहरुले सहिद परिवार, घाईते तथा वेपत्ताका परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
सम्मान कार्यक्रमपछि बोल्दै प्रमुख अतिथि न्यौपानेले जनयुद्ध, जनआन्दोलन तथा परिवर्तनको लागि भएको विभिन्न आन्दोलनले देश अहिले संघिय गणतन्त्रमा आएको उल्लेख गरे ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकिकरणले विश्वमा ठुलो संदेश दिएको भन्दै उनले अव सहिदको सपना पुरा हने दिन आएको बताए । कम्युनिष्ट एकताको ठुलो अर्थ रहेको भन्दै उनले भने अब देशलाई समृद्ध बनाउनको लागि नयाँ क्रान्तिको आवश्यक्ता रहेको र त्यो सामजिक रुपान्तरणको, आर्थिक प्रगतीको क्रान्ति भएको बताए ।
कार्यक्रममा जनयुद्धको क्रममा घाईते भएका जयबहादुर न्यासुर, नेकपाका केन्द्रीय सदस्य रामेश्वर राना, सहिद परिवारको तर्फबाट नेकपा नेता भीम पख्रीन, नेकपा मकवानपुरका नेता बद्री लम्साल लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम नेकपाकी केन्द्रीय सदस्य कुमारी मोक्तानको अध्यक्षतामा भएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।