हेटौंडा १ फागुन,नेपाल प्रहरीका १२ जना एसपी (प्रहरी उपरीक्षक) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार एसपी मुकेश कुमार सिंह जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रमुखको रुपमा काज सरुवा गरिएको छ ।

यस्तै एसपी दिनेशराज मैनाली झापा, गोपालचन्द्र भट्टराई सर्लाही, कुवेर कडायत सामाखुसीस्थित पहरागण, कृष्णहरी शर्मा बागलुङ, योगबहादुर पाल पथलैया, दीपक खरेल महाराजगन्ज, एसपी केदार ढकाल महानगरीय अपराध महाशाखा, दिनेश आचार्य कञ्चनपुर, भूपेन्द्र खत्री रौतहट, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दीपक रेग्मी र दंगा नियन्त्रण गण हेटौंडामा ध्रुवराज राउत काज सरुवा भएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।