हेटौंडा,आनन्दभैरव निम्न माध्यमिक विद्यालयको ३१ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
कक्षा–८ का विभिन्न खेलमा प्रथम, द्वितीय र तृतीय र २०७४ को वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार बितरण गरिएको थियो । अतिरिक्त क्रियाकलापमा हाजिरीजवाफ, इङ्ग्लिस स्पिचमा पुरस्कार बितरणका साथै शिक्षक सीमा केसीलाई सम्मान गरिएको थियो ।
हेटौंडा–११ अध्यक्ष गोकर्णप्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजसेवी सिद्धिलाल श्रेष्ठ, जनप्रतिनिधि जुना दाहाल, प्रधानाध्यापक कृष्णप्रसाद खनाल, भैरव टोल अध्यक्ष रोशन बानिया“, शहीद स्मारक टोल अध्यक्ष चन्द्रबहादुर गुरुङ, सहायक प्रधानाध्यापक नर्मदाकुमारी थपलियालगायत अभिभावक, शिक्षक तथा विद्यार्थीको उपस्थिति थियो ।
कार्यक्रम विद्यालय व्यबस्थापन समिति अध्यक्ष शालिकराम पुडासैनीको सभाध्यक्षतामा भएको थियो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।