हेटौँडा,१ फागुन ।  हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ ले आधुनिक राष्ट्रिय मावि तथा हेटौँडा क्याम्पसलाई कम्प्युटर प्रदान गरेको छ ।

आज हेटौँडा क्याम्पसमा वडा अध्यक्ष नविन सिग्देल तथा वडा सदस्य राजेन्द्र बस्ताकोटीको टोलीले क्याम्पस प्रमुख देबचन्द्र मानन्धरलाई ६७ हजार बराबरको दुई वटा कम्प्युटर हस्तान्तरण गरेका हुन् ।  क्याम्पसको स्नाकोत्तर तहमा रिसर्चको लागि कम्प्युटर प्रयोग गरिने क्याम्पस प्रमुख मानन्धरले बताए ।

त्यसैगरी आजै आधुनिक राष्ट्रिय माविमा पनि कम्प्युटर हस्तान्तरण भएको छ । विद्यालयका प्रधानाध्यापक विरबंश बैठालाई वडा अध्यक्ष सिग्देलले १० थान कम्प्युटर प्रदान गरेका हुन् ।

सामुदायिक विद्यालय तर्फ जिल्लामा निरन्तर प्रथम नतिजा ल्याउन सफल विद्यालयको कम्प्युटर ल्यावको लागि वडाले सहयोग गरेको सिग्देलले बताए । आफ्नो वडाभित्र रहेको शैक्षिक सस्थालाई थप उत्कृष्ट बनाउनको लागि आफुहरुले यस्ताखाले कार्यक्रमलाई थप गर्दै लैजाने उनले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।