हेटौँडा,१ फागुन । मकवानपुरका तीन विद्यालयका २४ जना छात्राहरुले विद्यालय जानको लागि साईकल पाएका छन् ।

शिक्षामा सहज पहुँच स्थापनाको लागि माईती नेपाल हेटौँडाले साईकल वितरण गरेको हो । कार्यक्रम अन्र्तगत मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कृष्ण मावि भैसे, हेटौँडाको चन्द्रोदय मावि कमाने तथा मनहरीको श्री आधारभुतमावी विजौनाका छात्राहरुलाई साईकल प्रदान गरिएको माईती नेपाल हेटौँडाकी संयोजक माया लामाले बताईन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।