हेटौंडा १ फागुन ।
,मदन भण्डारी स्पोर्टस एकेडेमी वन विज्ञान संस्थान कमिटीको आयोजनामा हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा आज सम्पन्न “प्रथम मदन भण्डारी राष्ट्रिय अन्तर प्राविधिक फुटबल प्रतियोगिता २०७५” को उपाधी पश्चिमाञ्चल विश्वविद्यालय पोखराले जितेको छ ।
आयोजक वन विज्ञान अध्ययन सस्थालाई ट्राईब्र्रेकरमा ३ १ गोल अन्तरले पराजित गर्दै पोखराले उपाधीमा कब्जा जमाएको हो ।
उपाधीसँगै पोखराले नगद १ लाख ११ हजार १ सय ११ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता हेटौँडाले ५५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल बन्यो ।

प्रतियोगिताको सवोत्कृष्ट गोलकिपर प्रिन्स तुलाचन, सवोत्कृष्ट खेलाडी ओस्कार गुरुङ ,हाई स्कोरर अभिष्यक अर्याल भए । प्रतियोगिताको विजेतालाई हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुरस्कार हस्तान्तरण गरेका थियो ।
आफुहरुले प्राविधिक तर्फको नेशनल फुटबल गर्न सफल भएको भन्दै प्रतियोगिताका संयोजक सुपेन लामाले प्रतियोगिताले देशरभका प्राविधिक तर्फ अध्ययन गर्ने विद्यार्थीहरुको क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गरेको बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।