हेटौडा, १, फागुन । नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले २४ औं जनयुद्ध दिवसको अवसरमा आज बृहत सभासहितको अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।
जनयुद्धका सहिद परिवार, घाइते र बेपत्ता परिवारलाई अभिनन्दन तथा सम्मान कार्यक्रम गरिन लागेको नेकपाका जिल्ला नेताले जानाकारी दिएका छन् ।

नेकपाको केन्द्रीय कार्याक्रम अन्तरगत मकवानपुरमा पनि उक्त कार्यक्रम गरिन लागेको हो । कार्यक्रम आज ११ बजे नेकपाको कार्यलय पुष्पलाल पार्कमा गरिने भएको छ । सो कार्यक्रममा नेकपाका सम्पूर्ण नेता तथा शुभचिन्तकहरुलाई उपस्थिति हुन अनुरोध गरिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।