हेटौँडा,२९ माघ ।
२०६१ साल माघ ७ गते हिँउ खेल्न उत्तरी मकवानपुरको थाहा नगरपालिका स्थित सिमभञ्ज्याङ गएको बेलामा हेटौँडा २ चौकीटोलका विरोज लामालाई हत्या गरेको आरोप प्रमाणीत भएका थाहा नगरपालिका वडा नम्बर ३ घर्तिखोला बस्ने ३९ बर्षीय ईश्वर विष्ट जेल चलान भएका हुन् ।
२०६१ साल माघ ७ गते हिउँ खेल्न सिमभञ्ज्याङ गएका लामालाई विष्टसमेतले कुटपिट गरी मारेको अभियोगमा जिल्ला अदालत र पुनरावेदन अदालत हेटौँडाले जन्मकैदको फैसला गरेको थियो ।

जिल्ला अदालतको २०६७ असार २० र पुनरावेदन अदालत हेटौंडाको २०६७ पुस २० गतेको फैसलाबाट जन्मकैद ९२० बर्ष० सजाय तोकेकोमा फरार रहेका विष्ट मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उनलाई थाहा नगरपालिका वडा नम्बर ३ शिखरकोट बजारबाट पक्राउ गरी जिल्ला अदालत उपस्थित गराएकोमा कैद भुुक्तानका लागि भीमफेदी कारागार पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।