हेटौंडा।दुर्घटनामा परी खुट्टा काट्न बाध्य भएका नेपाली कांग्रेसका साविक राक्सिराङ गाविस सभापति जितन चेपाङलाई नेपाल तरुण दल मकवानपुरका नेता नवराज थिङले आर्थिक सहयोग गरेका छन् ।

खुट्टा काटेर अस्पतलमै उपचारको क्रममा रहेका चेपाङलाई भेटेर थिङले नगद ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । यसअघि उपचारको लागि भन्दै नेपाली कांग्रेस प्रदेश नम्बर ३ का संंसदिय दलका नेता ईन्द्रबहादुर बानियाँले पनि ५० हजार रुपैयाँ सहयोग गरेका थिए । पुष ९ गते मोटरसाइकल दुर्घटनामा घाईते भएपछि आर्थिक अभावको कारण उपचारमा समस्या भएका चेपाङलाई भेटेर कांग्रेस नेता बानियाँलगायतले उचाराको लागी आवस्यक सहयोग गरेका थिए ।

तरुण दल मकवानपुरका नेता थिङले चितवन पुगेर ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । आर्थिक अभावमा रहेका चेपाङको थप उपचारमा समस्या भैरहेको उनको परिवारले जानकारी दिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।