file photo

माघ २८ : महिला गोल्डकप फुटबलको दोस्रो खेलमा आज नेपाल र भारत भिड्दै छन् ।

भारतमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपाल म्यानमासँग पराजित भएको थियो । दोस्रो चरणमा पुग्न आज नेपालले जित्नै पर्ने दवाव छ ।

आज साँझ ७ बजे भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र भारत भिड्ने छन् ।

नेपालले पहिलो खेल म्यानमारसँग ३–० गोलले हारेको थियो । एक/एक खेल जितेका भारत र म्यानमारले तीन/तीन अंक बटुलेका छन् ।

नेपाल र इरान भने अंकबिहीन छन् । राउण्ड रोबिनको आधारमा हुने खेलमा शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।